नियम २१६
बरबूझारथको प्रमाणपत्र
(१) बरबुझारथ गर्ने कर्तव्य भएको कर्मचारी वा पदाधिकारीलाई बरबुझारथ गरी सकेपछि अनुसूची–७७ बमोजिम बरबुझारथको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बरबुझारथ गर्ने व्यक्ति बहाल टुटेको कर्मचारी वा पदाधिकारी भए उपनियम (१) बमोजिमको प्रमाणपत्र पेश नगरी निजलाई निवृत्तभरण वा उपदान वा अन्य सुविधा दिइने छैन ।